२० बैशाख २०८१, बिहिबार

पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना


कृष्णबहादुर महरा सीआईबी कार्यालयमा

काठमाडौँ । पूर्वसभामुख एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई ४ दिन म्याद थप गरी उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै काठमाडौँ जिल्ला अदालत पेस गरेको थियो ।

महराले अदालतसमक्ष आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेका थिए । अदालतमा महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको बताएका थिए । महरालाई टीबी, युरिक एसिड, प्राेस्टेट लगायतका स्वास्थ्य समस्या रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !