२१ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्र र नेसपावीच एकता गर्ने सहमति, कार्यदल गठन


माओवादी केन्द्र र नेसपावीच एकता गर्ने सहमति, कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) वीच एकता गर्ने सहमति भएको छ । आज शनिबार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकता संयाेजन समितिकाे बैठकले दुई पार्टीका वीचमा एकता गर्ने सहमति गरेको हो ।

एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ । साथै पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा रहेका छन् । कार्यदलमा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

एकता संयाेजन समितिकाे बैठक माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अध्यक्षतामा बसेकाे थियो । बैठकमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङकाे पनि सहभागीता रहेको थियो । नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादव सहभागी थिए ।

माओवादी केन्द्र र नेसपावीच एकता गर्ने सहमति, कार्यदल गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !