१८ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित पहिलो कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा विषयगत समितिका रहने सदस्यहरुको नाम हेरफेर तथा मनोनयन गर्ने सम्भावित दोस्रो कार्यसूची रहेको छ भने विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

साथै आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने चौथो सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !