२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत


युवराज शर्मा

काठमाडौं । राष्ट्रियसभा सदस्य युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । आज मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मतदान गरेपछि शर्माको नाम अस्वीकृत भएको हो ।

नेपाली कांग्रेसका सांसद शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पनि समर्थन रहेको थियो । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए भने शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !