२१ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धनका पाँच दलबीच ७ बुँदे सहमति


सत्ता गठबन्धनका पाँच दलबीच भएको ७ बुँदे सहमति

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच ७ बुँदे सहमति भएको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीलाई समेत समेटेर आज ७ बुँदे लिखित सहमति भएको हो ।

फागुन २१ गते चार दलवीच भएको ८ बुँदे सहमतिलाई परिमार्जन गर्दै आज पाँच दलवीच ७ बुँदे सहमति भएको हो । यसअघि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो ।

गत फागुन २१ गते एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच ८ बुँदे सहमति भएको थियो ।

आज संसोधन गरिएको सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन् । नयाँ सहमतिमा पहिले भएको सातौँ बुँदा हटाएर अन्य ७ बुँदा यथावत राखिएको छ ।

यस्तो छ सत्ता गठबन्धनका पाँच दलबीच भएको ७ बुँदे सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !