२४ बैशाख २०८१, सोमबार

प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन- अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरुलाई अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु नपर्ने निर्देशन दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा केही समयअघि ट्वीट गर्दै गृहमन्त्री लामिछानेले प्रहरीले आफूलाई नभएर आफूले प्रहरीलाई सलाम गर्ने गरि काम गर्न आग्रह गरेका हुन् ।

उनले कानुनी राज्यमा देशको कुनै पनि भागमा कुनैपनि व्यक्ति वा समुहले गैरकानुनी काम गरेको, गैरकानुनी धन्दा चलाएको, कर छली गरेको, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको भए त्यसलाई कारवाही गर्न आफ्नो वा कसैको आदेश कुर्नु नपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टी वाला होइन, देश वाला) !!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !