२० बैशाख २०८१, बिहिबार

मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त


प्रधानमन्त्री प्रचण्ड सिंहदरवार मन्त्रिपरिषद बैठकमा फाइल फोटो

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मधेस प्रदेशका हरिशंकर मिश्र, गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरिएको बताइन् ।

मन्त्री शर्माका अनुसार रिक्त प्रदेश प्रमुख पदमा मधेस प्रमुखका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियालाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन् ।

यसअघि कांग्रेस-माओवादी पुरानो गठबन्धन हुँदा कांग्रेसको कोटाबाट नियुक्त भएका प्रदेश प्रमुखलाई आज बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । सरकारले तीनै जना नेकपा (एमाले) निकट प्रदेश प्रमुख नयाँ नियुक्तिका लागि सिफारिस गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !