२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदलाई कांग्रेसको ह्वीप


रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ ।

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् । कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई हिजो पत्र पठाएको छ ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।

कांग्रेसको ह्वीप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !