११ जेष्ठ २०८१, शुक्रबार

पार्टी कार्यालयमै नेतामाथि आक्रमण हुनु आपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ: अध्यक्ष लिङ्देन


राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु आपराधिक घटना भएकोले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरूको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्ष नजिक श्रेष्ठमाथि हातपात गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले श्रेष्ठमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका हुन् । नेता श्रेष्ठमाथि आइतबार पार्टी कार्यालयभित्र हातपात भएको विषयमा छानबिन गरी कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको छ ।

उनले पार्टीले दोषिउपर कारबाही हुनुपर्ने निर्णय गरेको बताए । उनले बैठकसँग सम्बन्धित विषयमा विवाद भएर घटना नभएको जिकिर गरे । शनिवारदेखि जारी राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवार पनि बस्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !