२१ बैशाख २०८१, शुक्रबार

जसपा सरकारमा सहभागी हुँदै, मन्त्रीहरूको शपथ आजै


उपेन्द्र यादव फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने लागेका हुन् ।

जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ हुने भएको हो । जसपाले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ ।

अध्यक्ष यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्री बन्ने छन् भने जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् ।

यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् । जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !