२१ बैशाख २०८१, शुक्रबार

एमालेबाट रघुवीरले भौतिक मन्त्रालयसहित सरकारमा नेतृत्व गर्ने


raghubir mahaseth

काठमाडौं । नेकपा (एमाले) बाट पार्टी सचिव एवं सांसद रघुवीर महासेठले सरकारमा नेतृत्व गर्ने भएका छन् । एमालेबाट महासेठले भौतिक पूर्वाधार मन्त्रालयसहित सरकारमा नेतृत्व गर्ने भएका हुन् ।

चार दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डामा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा भएको सहमतिअनुसार एमालेले आठ वटा मन्त्रालय पाउने भएको हो ।

पदम गिरी बिनाविभागीय मन्त्री भइसकेका छन् भने आज महासेठको नाम टुंगो लागेको हो । अव नेकपा एमालेले छ जना मन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !