५ जेष्ठ २०८१, शनिबार

ओली निवास बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक जारी


बालकोट एमाले सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आकस्मिक रुपमा बोलाइएको सचिवालयल बैठक जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक जारी रहेको हो ।

बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । हिजो आइतबार साँझ अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच विधेयकलाई निष्कर्ष पुर्याउने सहमति भएको थियो ।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएपनि सत्ता गठबन्धनमा हलचल देखिएपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिंदै गर्दा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएर नेपालको राजनीतिले यूटन लिन सक्ने संकेतहरु देखिन थालेको छ ।

एमालेका अध्यक्ष ओली आइतबार साँझ पार्टी महासचिव शंकर पोखरेललाई साथमा लिएरप्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको हो । यसअघि आइतबार बिहान ओली र प्रचण्डवीच भेट भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !