१८ बैशाख २०८१, मंगलबार

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


संघीय संसद भवन

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा दुवै सदनको बैठक आज बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रियसभाको बैठक १ बजेर १७ मिनेट जाँदा बस्ने भएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने र २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल प्रारम्भ हुने अर्को सम्भावित कार्यसूची रहेको छ ।

साथै आज बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवा आयोगका ६४ औँ वार्षिक प्रतिवेदन २०७९/०८० सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !