१९ बैशाख २०८१, बुधबार

संघीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले विगत चार वर्षदेखि बस्न नसकेको सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसी सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा विभिन्न निर्णयहरू भएको जानकारी दिए ।

उनले राष्ट्रिय निकुञ्ज र आरक्षण क्षेत्रमा आयोजना सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिका लागि सोको उपयोगसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको स्पष्ट गरे ।

प्रधानमन्त्री दाहालले काठमाडौँ–तराई मधेस दू्रतमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग, जयनगर–जनकपुर–कुर्था–भगाहा रेल, सुनकोसी मरिण डाइभर्सनलगायत आयोजना र कामलाई गति दिन सरकार प्रयत्नशील रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !