१८ बैशाख २०८१, मंगलबार

यस्तो छ आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठकआज बिहान ११ बजे बस्ने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पहिलो कार्यसूची रहेको छ ।

यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने दोस्रो कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !