२१ बैशाख २०८१, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु, यस्ता छन् एजेण्डाहरु


एमाले केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आज फागुन ८ देखि १० गतेसम्म बस्नेछ । एमालले आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डाहरु तय गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा एजेण्डाहरु तय गरिएको जानकारी दिए । उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने छन् ।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !