२१ बैशाख २०८१, शुक्रबार

संसदीय गतिविधि थप प्रभावकारी र परिणामखुमी हुने सभामुख घिमिरेको विश्वास


देवराज घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भइ कानुन निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्वपूर्ण विधेयकहरु पारित गर्ने विश्वास व्यक्त गरे ।

सभामुखले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र जवाफदेहीता अपनाउँदै संसद् गतिविधि र अभ्यासलाई परिणामुखी एवं उन्नत बनाउन आग्रह गरे । यस अघिवेशनदेखि कार्यतालिका लागु गरी नयाँ अभ्यास सुरु गरिएको उनले बैठकलाई जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !