२४ बैशाख २०८१, सोमबार

दलीय व्यवस्थाकाे औचित्य नै समाप्त पार्ने गरी खेल शुरू भएकाे छ : अध्यक्ष ओली


एमाले संसदीय दलको कार्यालय फाइल फोटो

काठमाडौँ । संसदीय दलकाे बैठकलाई सम्बाेधन गर्दै नेकपा (एमाले) संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले दलीय व्यवस्थाकाे औचित्य नै समाप्त पार्ने गरी खेल शुरू भएकाे बताए ।

उनले नेपाली काँग्रेसका एक जना उपप्रधानमन्त्री समेत भई सकेका नेताले गैरदलीय स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउनु पर्छ भनी हालै अभिव्यक्ति दिनुले नेपालकाे राजनैतिक अवस्था कहाँ पुग्याे ? भनी प्रश्न गरेका थिए ।

देशलाई अगाडि बढ्न नदिन र विकृत राजनीतिका लागि गठबन्धन गरेर राज्य संयन्त्रको दुरुपयोग गर्ने काम भईरहेकाे दावी गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले बैंकको लकरमा बुलेट राख्नेलाई नै अहिले याेजनाबद्ध रूपमा लुम्बिनी विकास काेषकाे उपाध्यक्ष बनाउने काम गरेको बताए ।

एनसेलले नेपाललाई फिर्ता गर्नुपर्ने सम्पत्ति अरूलाई बिक्री गर्न पाईन्छ ? भनी प्रश्न गर्दै अध्यक्ष ओलीले अहिले पनि सुन तस्करी भईरहेकाे र हिजो आफूहरूले सुन तस्करीमा संलग्नहरूलाई जेल हालेकोमा अहिले ती व्यक्तिहरू विभिन्न बाहनामा छुट्न लागेकाे बताए ।

अध्यक्ष ओलीले देशलाई कुठाराघात गरेर विदेशीसँग चिप्ला कुरा गर्न नहुने बताउँदै राष्ट्रपतिले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले गरेकाे संघीय संसदकाे महासचिवकाे नियुक्तिको शिफारिसलाई कार्यान्वयन नगरेर काँग्रेस काे प्रतिनिधित्व गरिरहेकाे तथा अब काँग्रेस र गठबन्धनको प्रतिनिधित्व नगरी सिंगै देशको प्रतिनिधित्व गर्न राष्ट्रपतिलाई सुझाव समेत दिए ।

संसदमा बाेल्दा सभ्य, मर्यादित र कसैको पनि मानहानी नहुने तवरबाट बाेल्न आफ्ना सांसदहरूलाई निर्देशन दिँदै अध्यक्ष ओलीले संसदमा बाेलेकाे बिषयले अदालतकाे मानहानी नहुने र साे बिषयमा अदालतमा मुद्दा समेत चल्न नसक्ने बताएका थिए ।

त्यस अघि बैठकमा सांसद सूर्य थापाले उभिएर संसदमा बाेलेकाे बिषयमा अदालतमा मुद्दा दर्ता भएकाे तथा प्रतिनिधि सभाकाे चुनावमा हारेका व्यक्तिलाई राष्ट्रिय सभामा ल्याईएकाे बिषयमा पनि बैठककाे ध्यान जान जरूरी रहेको अाैल्याएका थिए ।

अध्यक्ष ओलीले बाेलिसकेपछि अाैपचारिक रूपमा संसदीय दलकाे बैठक प्रशिक्षणकाे रूपमा रूपान्तर भएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !