२३ बैशाख २०८१, आइतबार

लुम्बिनीमा गठबन्धनका सापकोटा र सुवेदी निर्वाचित


विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदी

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका दुवै उम्मेदवारहरु विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन् ।

सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी भएकी हुन् भने सुवेदीको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !