१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीको निर्देशन : आयोजनाको समय र लागत बढ्दै जाने प्रवृत्ति रोक्नू


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न निर्देशन दिएका छन् ।

आज सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्री दाहालले निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनामा पटक-पटक म्याद र लागत थप्दा प्रशासनिक नियत र सामर्थ्यमा नै प्रश्न उठ्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रीत हुन आयोजना प्रमुखहरूलाई निर्देशन समेत दिए ।

अनुगमनपछि मुख्यसचिव बैकुण्ठ अर्यालले आयोजनामा देखिएका नीतिगत समस्या समाधानमा सरकारले ध्यान दिने बताउँदै आयोजना निर्माणको क्रममा फिल्डमा देखिने समस्या आयोजना प्रमुखहरूले नै समाधान निकाल्नुपर्ने बताए ।

एक्सन रूपबाट अनुगमनका क्रममा महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) का आयोजना निर्देशक कुशाङ्ग शेर्पाले आयोजनाको अवस्था, प्रगति बिबरण र समस्याहरूबारे ब्रिफिङ गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !