१८ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा निर्वाचन : प्रचारप्रसार गर्न प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय


नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । शनिबार बसेको बैठकबाट निर्वाचनका निम्ति समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा जाने निर्णय गरिएको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।

“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उमेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो,” बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ गते हुने निर्वाचनका निम्ति पार्टीका उमेदवारसँग छलफल गरिएको थियो ।

राष्ट्रियसभाका रिक्त हुन लागेका कुल १९ सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसानुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !