२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्यका लागि कृष्णप्रसाद सिटौलाद्वारा उम्मेदवारी दर्ता


कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । आज सोमबार बिहान कोसी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् । सिटौलालाई आइतवार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !