२१ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले पुस २३ गते उमेदवारी दर्ताको मिति तोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !