२२ बैशाख २०८१, शनिबार

एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने


एमालेको सचिवालयको बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमालेको केन्द्रीय सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय लिनेछ । एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको हो ।

यस्तै एमालेको सचिवालय बैठकले ६ जनालाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । मनोनित हुने ६ जना केन्द्रीय सदस्यहरुमा कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी, मधेस प्रदेश रामअवतार यादव र झापाका दिपक कार्की रहेका छन् ।

यो पनि पढ्नुहोस्

एमालेको केन्द्रीय कमिटी सदस्यमा ६ जना मनोनित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !