२० बैशाख २०८१, बिहिबार

नेकपा एमालेको सचिवालय बैठक सुरु


एमालेको सचिवालयको बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतीपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । एमालेको सचिवालय बैठक आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सुरु भएको हो ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले हिजो अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !