२१ बैशाख २०८१, शुक्रबार

भारतसँग भएको राष्ट्रहित विरोधी सम्झौता खारेज नभए आन्दोलन गर्ने खनालको चेतावनी


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतसँग राष्ट्रियताविरोध सम्झौता भएको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले हिजो नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएका चार सम्झौतामध्ये ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ का नाममा आश्चर्यजनक सम्झौता भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू नेपालमा सोझै बाँड्न सकिनेगरी भएको सम्झौताप्रति उनले आपत्ति जनाएका छन् । सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता भएको उनको भनाइ छ ।

खनालले यसलाई नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड समेत भएको बताएका छन् । उक्त सम्झौता तुरुन्त रद्द नगरिए नेपाली जनता सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने उनको चेतावनी छ ।

यो सम्झौतालाई तुरुन्त रद्द गरी नेपाली जनताका सामु माफी माग्न समेत उनले सरकारसँग माग गरेका छन् ।

यस्तो छ पूर्वप्रधानमन्त्री खनालले निकालेको प्रेस विज्ञप्ति

पूर्वप्रधानमन्त्री खनालले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !