२१ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै


कांग्रेस केन्द्रीय समिति बैठक फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । आज बस्न लागेको काँग्रेसको केन्द्रीय समिति बैठकमा मुख्य रुपमा राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ ।

यस्तै बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेसले पुस महिनामा तय गरेको महासमिति बैठक सारेर फागुन ७ गतेदेखि १० गतेसम्मलाई पुर्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !