२४ बैशाख २०८१, सोमबार

संकल्प यात्रा गलत भाष्यलाई चिरेर नयाँ स्थापित गर्न यात्रा सफल भयो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झुलाझाट– चिवाभञ्ज्याङ संकल्प यात्राले गलत भाष्यलाई चिरेर नयाँ स्थापित गर्न यात्रा सफल भएको दावी गरेका छन् ।

आज आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ मा लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी भएकोले सफल भएको दावी गरेका हुन् ।

उनले उक्त यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको भन्दै पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको पनि दावी गरेका हुन् ।

उनले राजनीतिलाई हिंसा, उत्तेजनालगायतका प्रवृतिलाई यात्राले निस्तेज पारेको ओलीको दाबी छ । उनले यात्रा सांस्कृतिक जस्तो समेत बनेको भन्दै आफूहरु जहाँ जहाँ पुग्यो त्यहाँका संस्कृतिबारे जान्ने मौका मिलेको बताए ।

उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको बताए । उनले समाजमा स्थापित गर्न खोजिएको गतल भाष्य तोडिएको बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !