८ जेष्ठ २०८१, मंगलबार

एमालेको विशेष पत्रकार सम्मेलन आज, संकल्प यात्राको अनुभव सार्वजनिक गर्ने


एमाले सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिने पत्रकार सम्मेलनमा एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को बारेमा जानकारी दिईनेछ ।

पत्रकार सम्मेलनमा बैतडीको झुलाघाटदेखि सुरु भएर १७ औँ दिनमा पाँचथरको झुलाभञ्ज्याङसम्म पुग्ने क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने जनाईएको छ ।

सम्मेलनमा अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थिति रहनेछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’को बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइने एमालेले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !