१९ बैशाख २०८१, बुधबार

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत छलफल सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज ११ बजे बस्ने गरी सकिएको हो ।

बैठकमा प्रस्तुत भएका समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलनसम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि समूहगत छलफल सकिएको हो ।

समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेश भएको प्रवक्ता मोहन श्रेष्ठले बताए । आज बैठकमा पेश भएका प्रतिवेदन पारित गर्नुका साथै विभिन्न निर्णय गर्दै बैठक सकिने प्रवक्ता श्रेष्ठले बताए ।

समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्य रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्य बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्य विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धब पौडेलले संयोजन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !