२४ बैशाख २०८१, सोमबार

गगन भन्छन्– शेखरलाई संसदीय दलको नेता बनाउन लागौं


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेता डा. शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लाग्नुपर्ने बताएका छन् । आज बसेको संस्थापनइतरको बैठकमा महामन्त्री थापाले कोइरालालाई पार्टीको संसदीय दलको नेता बनाउनुपर्ने बताएका हुन् ।

थापाले जतिसक्दो छिटो नेता कोइरालालाई संसदीय दलको नेता बनाउनुपर्ने बताउदै कोइरालालाई दलको नेता नबनाए २०८२ मा महाधिवेशन हुनै नसक्ने जिकिर गरे । उनले आफू समूहमा बफादार रहेको पनि बताएका छन् ।

थापाले पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताएका हुन् । थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा असन्तुष्टि समेत व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !