२२ बैशाख २०८१, शनिबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक मंसिर २९ गते


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २९ गते बस्ने भएको छ ।

मङ्सिर २९ शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !