२३ बैशाख २०८१, आइतबार

एनसेल खरिद–बिक्री शंकास्पद भएकोले सरकारले तत्काल छानबिन गर्नुपर्ने गठबन्धनको निष्कर्ष


सत्ता गठबन्धन

काठमाडौँ । सत्ता गठबन्धनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री शंकास्पद भएकोले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिदबिक्री नभएको बताए ।

उनले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले गठबन्धनले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताए । प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रीपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म पुगेर छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताए ।

यो पनि पढ्नुहोस्

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !