१९ बैशाख २०८१, बुधबार

संसदीय सुनुवाइ समितिको पहिलो बैठकले गर्‍यो दुई निर्णय


Meeting

६,असार, काठमाडौं- संसदीय सुनुवाइ समितिको पहिलो बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ। सोमबार बिहान सिंहदरवारमा बसेको बैठकले

ब्यस्थापिका संसद नियमावली २०७३ को नियम १८० को प्रावधानअनुसार संसदीय सुनुवाई विशेष समितिको सभापतिको निर्वाचन मिति तोक्न सभामुखलाई आग्रह गरिने निर्णय गरेको छ।

त्यस्तै समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा अनिताकुमारी परियार, गणेशमाण गुरुङ र बालकृष्ण खाँड छन्।

दललहरुबीच सहमति नहुँदा लामो समयदेखि रोकिएको व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली आइतबार पारित भएको थियो। योसँगै संसदीय सुनुवाई समितिमा सहमति जुटेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !