२१ बैशाख २०८१, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ


केदार कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गरेका छन् । मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले रामबहादुर रानामगर र शम्शेर राईलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए । रानामगर नेकपा एमाले र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सहभागी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !