१९ बैशाख २०८१, बुधबार

राप्रपाले कोशी सरकार प्रक्रियामा घटनाक्रमलाई नजिकबाट नियाल्दै मौन बस्ने


राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेश सरकार गठन प्रक्रियामा घटनाक्रमलाई नजिकबाट नियाल्दै मौन बस्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले कोशी प्रदेश सरकार निर्माणमा तटस्थ बस्ने निर्णय गरेको हो ।

कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बसेको थियो ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकले मुलुकको समसामयिक परिस्थतिको समीक्षा, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समीक्षा र कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्नुका साथै आवश्यक निर्णय लिएको हो ।

कोशीमा दुवै पक्षले बहुमत दाबी रहेकाले राप्रपाको आवश्यकता नभए निष्कर्ष निकालेको उनले बताए । सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनले राप्रपाको साथ खोजेको थियो । तर बिहीबार कांग्रेसको शेखर पक्षले विद्रोह गरेपछि राजनीति अर्कै मोडमा पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !