२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डद्वारा नेता आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ ।

पार्टी अभियानको क्रममा अछाम पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौँ ल्याइएको थियो । प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकहरुलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !