२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच बालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ । आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार उनीहरुबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो । त्यस्तै एमसीसी परियोजनाबारे पनिउनीहरुबीच छलफल भएको थियो ।

आइतबार नेपाल आएकी बलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी थिइन् ।

अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी परियोजना कार्यान्वयनमा गएको छ । एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आइपुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !