१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीको निर्देशनपछि निगमले फिर्ता लियो पेट्रोलियम पर्दाथको मूल्यवृद्धि


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएपछि नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता लिएको प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकलाई जानकारी दिएका छन् ।

आयल निगमले आज दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइसकेकी यसअघि नै जानकारी दिएकी थिइन् ।

नेपाल आयाल निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।

यस्तो छ नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति

नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !