२१ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता


मन्त्रिपरिषद् निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य वृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।

नेपाल आयल निगमले हिजो शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने छ ।

हिजो शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ निगमले बढाएको थियो । सो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २१०० रुपैयाँ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !