२२ बैशाख २०८१, शनिबार

पूर्वमन्त्री एवं गणतन्त्रवादी नेता खेमराज भट्ट ‘मायालु’ को निधन


खेमराज भट्ट ‘मायालु’

काठमाडौँ । पूर्वसांसद एवं पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए ।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए ।

विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका थिए । पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए ।

विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उनको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए । उनका दुई छोरा छन् । श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो । उनको आजै पशुपति आर्यघाट अन्त्येन्टि गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !