२१ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची


प्रतिनिधिसभा बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रम अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने दोस्रो कार्यसूची रहेको छ ।

साथै आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने तेस्रो कार्यसूची रहेको छ ।

यस्तो छ आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !