२० बैशाख २०८१, बिहिबार

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तव्ध भएको छु : सभापति देउवा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तव्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत सभापति देउवाले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्– ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तव्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए ।

यो पनि पढ्नुहोस्

नेम्वाङको निधनले आफू मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

स्वर्गीय नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा राखिने

नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको छु : राष्ट्रपति पौडेल

नेम्वाङको निधनपछि प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष अस्पतालमा

पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !