२४ बैशाख २०८१, सोमबार

१५ औँ महाधिवेशनबाट कांग्रेसमा दाइभाउजू परिपाटी हटाउँछौँ : महामन्त्री थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनबाट कांग्रेसमा दाइभाउजू परिपाटी हटाउँने उद्घोष गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै महामन्त्री थापाले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५ औं महाधिवेशनबाट हटाउने उद्घोष गरेको हुन् ।

उनले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन् । पार्टीभित्र विभेद भएर न्याय नभएकोले ८ लाख सदस्य भएको कांग्रेस अहिले शिथिल बनेको उनले बताए ।

उनले अहिले कांग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गर्दै अब उम्मेदवार छान्न स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्ने बताए । उनले कांग्रेसमा उम्मेदवार छान्ने तरिका पनि गलत भएको बताए।

थापाले टिकट बाँड्ने अधिकार दाइलाई दिएकै कारण विकृति बढेको पनि बताएका छन् । उनले स्थानीय कार्यकर्तालाई सम्बोधनका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सांसद को बन्ने निर्णय माथिको दाइले होइन, यहीँका कार्यकर्ताको मतदानबाट गरिनुपर्ने पनि बताए।

उनले अहिले देशभित्र ठूलो छटपटी र असन्तुष्टि रहेको बताए । उनले कांग्रेसका जनप्रतिनिधिहरुले इमानपूर्वक जिम्मेवारी पूरा गर्न सकेमा जनतालाई सन्तुष्ट बनाउन सकिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !