२० बैशाख २०८१, बिहिबार

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित


राष्ट्रियसभा

काठमाडौैं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । भदौ २४ गते आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठकको मिति र समय पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

अध्यक्षको सचिवालयका अनुसार राष्ट्रियसभामा अहिले जम्मा तीन वटा विधेयकमात्रै रहेका छन् । अध्यागमन विधेयक विद्यायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भएको छ । त्यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेका छन् ।

यस्तै विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका आठ वटा विधेयक फिर्ता आएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !