२२ बैशाख २०८१, शनिबार

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै आधा घण्टा भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा विभिन्न विधेयक लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

सोही क्रममा उनीहरुबीच प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणका बारेमा समेत सामान्य कुराकानी पनि भएको बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि ओली भेट्न गएको उनको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !