२५ बैशाख २०८१, मंगलबार

शीतलनिवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । आज सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवास पुगेर प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !