२४ बैशाख २०८१, सोमबार

भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न सबै एकजुट बनौं : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न सबै एकजुट बन्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा आज आफ्नो धारणा सार्वजनिक गर्दै ठूला भ्रष्टाचार काण्ड सामसुम पार्ने अवस्था देखिएकोले छानबिन पक्षधर एकजुट हुने समय आएको बताएका हुन् ।

थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेकोले यसको विपक्षमा रहेका सबै एकजुट हुनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।

उनले ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुुन तस्करी, टीकापुर जग्गा घोटालाजस्ता काण्डहरु सार्वजनिक हुँदा यस्ता घटना सामसुम पार्नेहरु आपसमा मिलेको उनले बताएका छन् । उनले मिलेमतोलाई तोड्न पार्टीभित्र र बाहिर सहकार्यको गर्न जरुरी भएको बताएका हुन् ।

उनले यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै बढिरहेको उनले उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !