२० बैशाख २०८१, बिहिबार

हिजो स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो । हिजो दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश भन्दै आज दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी भएर हिजो आउन नसकेपछि शीर्ष नेताहरुको बैठक आज बस्न सकेको थिएन ।

यसका साथै एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि व्यस्त हुने भएपछि हिजोको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेताहरूले आज बिहानसम्मका लागि बैठक स्थगित गर्ने सहमति गरेका थिए ।

उनका अनुसार हिजो ४ बजे नै नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे पनि जानुपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको थियो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्वन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउने तेस्रो सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यबिधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरोपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेश गर्ने लगायतका सम्भावित कार्यसूची रहेको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले बस्न सक्ने अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !