२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो ३ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्वन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउने तेस्रो सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यबिधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरोपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेश गर्ने लगायतका सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !